२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

२५ वर्षपछि आफ्नै भवनमा मनाइयो २९औं विश्व आदिवासी दिवस

प्रकाशित मिति : २०८० श्रावण २५ गते
चितवन । नेपाल आदिवासी जनजाति महासंघ चितवनले संस्था स्थापनाको २५ वर्षपछि आफ्नै भवनमा २९औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । जनजाति समुदायले कार्यक्रम गर्नको लागि आफ्नै हल नहुँदा यसअघिका सबै कार्यक्रम बाहिर गर्दै आएका थिए । यसवर्ष भने भवन निर्माणले पूर्णता पाएपछि जनजाति महासंघले पहिलोपटक आफ्नै भवनमा दिवस मनाएको हो ।
महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार संस्थासँग बजेट पनि नहुने र बाहिर गएर दिवस मनाउनु पर्दा धेरै खालका समस्याको सामना गर्नु पर्ने बाध्यता थियो । तर, अबदेखि जस्तोसुकै कार्यक्रम गरे पनि आफ्नै भवनमा गर्न सम्भव भएको उनले बताए । आफ्नै भवन र कार्यक्रम आयोजना गर्ने हल भएपछि जुनसुकै समुदायले जुनसुकै कार्यक्रम पनि यहीँ गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार चितवनका नेता मिलनबाबु श्रेष्ठमार्फत बागमती प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँ रकम उपलब्ध गराएपछि वर्षौँदेखि अधुरो रहेको भवन निर्माणले पूर्णता पाएको थियो । फलस्वरुप बुधबार २९औँ विश्व आदिवासी जनजाति दिवस आफ्नै भवनमा मनाउन सफल भएको छ ।
सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका कांग्रेस नेता मिलनबाबु श्रेष्ठले आदिवासी जनजाति समुदायका लागि जति सक्दो सहयोग गर्ने बचन दिए। अझै काम गर्न बाँकी रहेकोले सरकारी निकायसँग आवश्यक समन्वय गरेर बजेटको व्यवस्थापन गर्दै जाने उनले बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गोविन्द छन्त्याल, नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ, गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष विमला गुरुङ लगायत विभिन्न जातिय संघ संगठनका प्रमुखहरुले आफ्नो विचार राखेका थिए ।
आदिवासी जनजाति समुदायसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा गायन कलामार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए । त्यसका साथै विभिन्न जातजातिले आफ्नो समुदायको जातीय पहिचान झल्किने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10