–बबिलाल तामाङ
भरतपुर । नेपाली कांग्रेस चितवनका नेता तथा पूर्व मन्त्री मिलनबाबु श्रेष्ठले आफ्नो हक अधिकारको लागि आफैं लड्नु पर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ चितवनद्वारा आयोजित साउन २४ गते परेको २९औं विश्व आदिवासी दिवसको अवसरमा नेता श्रेष्ठले सो बताएका हुन् ।
उनले जनजातिको अधिकारका लागि एक ढिक्का भएर हातेमालो गर्दै अघि बढ्न आग्रह गरे । आफू पदमा नरहे पनि आदिवासी जनजातिका हक अधिकारका लागि प्रदेशमा पहल गर्ने उनको भनाइ थियो । यसअघि पनि उनले मन्त्री पदमा रहँदा आदिवासी जनजाति भवनका लागि प्रदेश सरकारबाट बजेट पार्न सहयोग गरेका थिए ।
विश्व आदिवासी दिवसलाई सबै जनजाति समुदायले चाडपर्वको रुपमा मनाउन उनले आग्रह गर्दै राज्यले जहिले पनि हक अधिकारका लागि बञ्चित पार्दै आएको आरोप लगाए । आदिवासी जनजाति सीधा सादा, छलकपटरहित भएकाले राज्यले सधैँ अप्ठ्यारो पारेको उनको भनाइ थियो ।
प्रदेश सरकारले तामाङ र नेवारलाई कामकाजी भाषाको रुपमा तत्काल प्रयोगमा ल्याउनु पर्ने उनको माग थियो । राज्यको हरेक तह तप्कामा जनजातिहरुको पहुँचका लागि सबैले आफ्नै ठाउँबाट पहल आवश्यक जरुरी भइसकेको उनले भने ।
उनले आदिवासी जनजाति समुदायका लागि जति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अझै काम गर्न बाँकी रहेकोले सरकारी निकायसँग आवश्यक समन्वय गरेर बजेटको व्यवस्थापन गर्दै जाने उनको भनाइ थियो ।
नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष अध्यक्ष महेन्द्र दुराले संस्थासँग बजेट पनि नहुने र बाहिर गएर दिवस मनाउनु पर्दा धेरै खालका समस्याको सामना गर्नु पर्ने
बाध्यता भएको बताए । तर, अबदेखि जस्तोसुकै कार्यक्रम गर्न पनि आफ्नै भवनमा सम्भव भएको उनले भने । अहिले महासंघको हलले पूर्णता पाएसँगै कार्यक्रम आयोजना गर्न जुनसुकै समुदायले सक्ने भएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गोविन्द छन्त्याल, नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ, गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष विमला गुरुङ लगायत विभिन्न जातिय संघ संगठनका प्रमुखहरुले आफ्नो विचार राखेका थिए ।
आदिवासी जनजाति समुदायसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा गायन कलामार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए । त्यसका साथै विभिन्न जातजातिले आफ्नो समुदायको जातीय पहिचान झल्किने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए ।
संस्था स्थापनाको २५ वर्षपछि आफ्नै भवनमा २९औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । जनजाति समुदायले कार्यक्रम गर्नको लागि आफ्नै हल नहुँदा यसअघिका सबै कार्यक्रम बाहिर गर्दै आएका थिए । यसवर्ष भने भवन निर्माणले पूर्णता पाएपछि जनजाति महासंघले पहिलोपटक आफ्नै भवनमा दिवस मनाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हक अधिकारका लागि आफैं लड्नुपर्छ – पूर्वमन्त्री श्रेष्ठ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58












