२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

तामाङ पत्रकार संघ दोलखाको नेतृत्वमा फुर्वा

प्रकाशित मिति : २०८० भाद्र ४ गते
इन्सेकमा नवनिर्वाचित अध्यक्ष फुर्बा तामाङ ।
- ADVERTISEMENT -

चरिकोट / तामाङ पत्रकार संघ दोलखा शाखाको अध्यक्षमा फुर्वा तामाङ चयन भएका छन् । संस्थापक सदस्य समेत रहेका तामाङको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरिएको तामाङ पत्रकार संघ बागमति प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम तामाङ, सचिवमा अनिता लामा, सहसचिवमा प्रदिप तामाङ, कोषध्यक्षमा अजय तामाङ चयन हुनुभएका छन् भने सदस्यहरुमा प्रजय गोले, सविता तामाङ, वुदिविर तामाङ, रस्मिता तामाङ चयन हुनुभएका हुन् ।

दोलखाको तामाङ पत्रकारहरुलाई एकताबद्ध गर्ने उद्देश्यले पुनः गठन गरिएको बागमती प्रदेशका अध्यक्ष पाख्रिनले बताए । मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष थोकरले पालिकाभित्र पत्रकारिता विषय लिई अध्ययनरत विद्यार्थीलाई स्नातक तहसम्म छात्रवृतिको व्यवस्था गर्ने प्रतिवद्धता गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष जीवन लामा, नेपाल तामाङ घेदुङ दोलखाका अध्यक्ष नविन लामा, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेललगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -