April 30, 2025

संसदीय समितिका सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता

August 27, 2023
Mini Sansad
- ADVERTISEMENT -

काठमाडौं / ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिका सभापतिको उम्मेदवारी मनोयनय आज (आइतबार) हुँदैछ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेका थिए । सोही अनुसार, आज मनोनयन हुने भएको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

- ADVERTISEMENT -