२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बर्दघाटमा नाइटबस दुर्घटना हुँदा ७ घाइते, चालक कुलेलाम

प्रकाशित मिति : २०८० भाद्र १३ गते
File photo.
- ADVERTISEMENT -

गैँडाकोट / नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमान्डौ आउँदै गरेको नाइटबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा भे१ख ९०११ नम्बरको यात्रुबाहक बस बिहान पौने ५ वजे दुर्घटनामा परेको हो । ४० यात्रु बोकेर आएको बस सडक किनारमा पल्टँदा ७ यात्रु घाइते भएको र उनीहरुको चिसापानी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना लगत्तै बसका चालक फरार रहेका छन् उनको खोजी कार्य जारी रहेको प्रहरीले बताए ।

- ADVERTISEMENT -

Advertisement

उक्त बस दुर्घटनाका घाइतेहरु बाके कोहलपुर नपा ११ बस्ने बर्ष ६८ को जुद्ध बुढाथोकी, सोही स्थान बस्ने बर्ष अन्दाजी २८ कि अनु चन्द, बाके नेपालगंज १७ बस्ने बर्ष ४० को राजिव चौधरी, बाँके नेपालगंज १० बस्ने बर्ष अन्दाजी ५८ को अमर ब. बुढा मगर, बर्दिया नपा ५ बस्ने बर्ष अन्दाजी ७३ को डिल्लीराम थारू, बर्दिया राजापुर २३ बस्ने बर्ष अन्दाजी २३ को बिमल चौधरी, बर्दिया मधुवन ५ बस्ने बर्ष अन्दाजी १९ कि बिनिता मल्ल रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -