मकवानपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएसँगै सरकारले भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेकाले आफूविरुद्ध एक समूह लागेको आरोप लगाएका छन् ।
हेटौंडामा आयोजित समाजवादी मोर्चाको बागमती प्रदेशस्थरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ ।’, प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताए ।
उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा सामान्य नभएको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएपछि पटक पटक कार्यकारी विरुद्ध अदालतमा मुद्धा परेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रचण्डले सबै कम्यूनिष्ट शक्ति एक हुनुपर्ने समेत बताए ।
‘परिवर्तनको रक्षाका लागि समाजवादी मोर्चाको गठन भएको हो’
September 10, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
