कुरिनटार / इच्छाकामनामा ‘दोस्रो इच्छाकामना महोत्सव २०८०’ सुरु भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा आज (बुधबार) देखि सुरु भएको महोत्सवको उद्घाटन वागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले बाजा बजाएर गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिलवालले महोत्सव उद्घाटन गर्दै महोत्सवले आर्थिक मन्दीलाई चलायमान बनाउने बताए । नेपाल लगायत विश्वभर नै आर्थिक मन्दी भइरहेको हालको विषम परिस्थितिलाई महोत्सवले थप बल पुग्ने उनको भनाइ थियो ।
महोत्सवका संयोजक तथा इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने बताए । असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सव परिसरमा २०० स्टल राखिएको छ भने स्थानीय उत्पादनका १५ वटा स्टललाई निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ । करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने बताइएको छ ।
महोत्सवमा इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न सकिने साथै त्रिशूली नदीमा ¥याप्टीङ गर्न सकिने आयोजकको भनाइ छ ।
इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव गरिएको हो ।
इच्छाकामना महोत्सव सुरु, प्रदेश सांसद सिलवालले गरे उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
