चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा आज (सोमबार) राष्ट्रिय कलाकार सञ्जीव सिंह राना र लक्ष्मी तामाङले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
महोत्सवको पाँचौँ दिन दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न दुवै कलाकारलाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलले जानकारी दिए । उनका अनुसार राना र तामाङले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
यसैगरी, आज साँझ ५ देखि ९ बजेसम्म ‘चितवन म्युजिक फेस्ट’ अन्तर्गत कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भुजेलले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिसँगै विभिन्न मनोरञ्जनात्मक खेल, व्यापारिक तथा खानाका स्टल र अन्य आकर्षणले दर्शकलाई तानिरहेको आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

















































