चितवन / तीज (हरितालिका) को दिन पौडी खेल्ने क्रममा एउटै घरका दुई बालकको डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा उनीहरुको सोमबार दिउँसो पौने चार बजे डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो । एकैघरका दुवै दाजुभाइ नारायणी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।
गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दुवै दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।