२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युक्रेन र जलवायु परिवर्तनबारे राष्ट्रपति जो बाइडेनको जोड

प्रकाशित मिति : २०८० आश्विन ३ गते

–गिरिजा अधिकारी
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा आज (मंगलबार) सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनका क्रममा मूलतः दुई विषयलाई निकै जोड दिएका छन् ।

पहिलो – विश्वले झेलिरहेको जलवायु परिवर्तनको असर र दोस्रो – रसिया र युक्रेनबीच भइरहेको युद्ध ।

- ADVERTISEMENT -

Advertisement

यी दुबै विषयमा बाइडेनलले महासभामा निकै महत्वपूर्ण धारणा राखे । उनले पहिलो विषय जो जलवायु परिवर्तन र त्यसले विश्व समुदायमा पुर्याएको असरबारे थियो । जलवायु परिवर्तन अहिले विश्वका लागि निकै चिन्ताको विषय भएको छ । मूलतः यसका असरहरुका कारण विश्व समुदायले भोगिरहेका समस्याहरु बाइडेनका मुख्य चिन्ताको विषय थियो ।

आफ्नो सम्बोधनका क्रममा बाइडेनले अमेरिका र चीनमा कीर्तिमानी गर्मी, उत्तरी अमेरिका र दक्षिणी युरोपमा विनाशकारी जंगली डढेलो, अफ्रिकाको हर्नमा खडेरीको पाँचौं वर्ष र लिबियामा दुखद बाढीलाई उद्धृत गर्दै चलिरहेको जलवायु संकटको जीवन्त चित्र प्रस्तुत गरे । यी घटनाहरूले जीवाश्म ईन्धन निर्भरता कम गर्न विश्वव्यापी रुपमा तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उनले जोड दिए ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति बाइडेनले जलवायु संकटको सामना गर्न संयुक्त राज्य अमेरिकाको समर्पणलाई हाइलाइट गर्नुका साथै बाइडेन प्रशासनले यसलाई पहिलो दिनदेखि नै मानवताको लागि अस्तित्वको खतराको रूपमा व्यवहार गरेकोमा जोड दिए ।

त्यसैगरी बाइडेनले रसिया र युक्रेनबीच भइरहेको युद्धका सन्दर्भमा पनि आफ्ना भनाइलाई बलियोसँग राखे । आफ्नो सम्बोधनमा अधिकांश समय उनले रसिया युक्रेन युद्धका सन्दर्भमा बोले । बाइडेनले रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरे । उनले विश्व समाज थाकेर युक्रेनमा क्रुरता गर्न अनुमति नदिने भन्दै आक्रमणकारीलाई खुसी पार्न संयुक्त राष्ट्रसंघको बडापत्रका मूल सिद्धान्तहरु त्याग्न नसक्ने बताए । युक्रेनलाई तहसनहस गर्न अनुमति दिँदा कुनै पनि सदस्य राष्ट्र सुरक्षित छन् भनेर विश्वस्त हुन नसक्ने बाइडेनको तर्क थियो ।

भोलिका अन्य आक्रमणकारीहरूलाई रोक्नको लागि हामीले आज यो नग्न आक्रमणको सामना गर्नुपर्छ, बाइडेनले भने ।

राष्ट्रपति बाइडेनले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताको समर्थनमा विश्वभर आफ्ना सहयोगी र साझेदारहरुको साथमा उभिने अमेरिकाको प्रतिवद्धतालाई उनले दोहोर्याए । रुस जवाफदेही हुनुपर्ने र भविश्यमा हुने आक्रामक कार्यलाई रोक्ने महत्वलाई जोड दिंदै आक्रमणको विरोधमा एकजुट हुन विश्वलाई बाइडेनले आह्वान गरे ।

त्यसैले अमेरिका हाम्रा सहयोगी र विश्वभरका साझेदारहरूसँग मिलेर युक्रेनका बहादुर जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता र उनीहरूको स्वतन्त्रताको रक्षा गर्दै उभिन जारी राख्नेछ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा बाइडेनले मूलभूत रुपमा उठाएका यी दुई विषयहरुमा उनको दह्रो प्रतिवद्धता प्रस्तुत भएको पाइन्छ । रसियाले युक्रेनमाथि गरेको लगातारको आक्रमण युक्रेनको सार्वभौमसत्तामाथिको आक्रमण हो भन्दै उनले यसको विरोध जनाए भने जलवायु परिवर्तनका असरबाट जुध्न उनको प्रशासनले यसलाई सुरुवातदेखि मानवताको लागि अस्थित्वको खताराको रुपमा व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09