२०८३ असार ३, बुधबार
June 17, 2026
२०८३ असार ३, बुधबार
June 17, 2026 Wednesday
- ADVERTISEMENT -

तामाङ समुदायमा ‘म्हाणी’को महत्व : निरन्तर लाग्दै म्हाणिपा आमा समूह [with video]

प्रकाशित मिति : २०८० आश्विन १० गते

–बबिलाल तामाङ
भरतपुर । भरतपुर ११ भोजाडस्थित म्हाणिपा आमा समूहले विगत ६ वर्षदेखि म्हाणी (प्राणी जगतलाई हित हुने कार्य) कार्य गर्दै आएको छ । छेच्यु थर्पलिङ गुम्बा भोजाडको संरक्षणमा रहेको र निरन्तर रुपमा गुम्बा लगायत मृतक परिवारको घरघरमै गएर म्हाणी गर्दै आएको म्हाणिपा आमा समूहका अध्यक्ष चिनीमाया तामाङ बताउँछन् ।

अध्यक्ष तामाङका अनुसार म्हाणी विशेषगरी तामाङ समुदायको घेवा (मत्यु संस्कारमा गरिने कार्य) मा गरिने पूजापाठ हो । म्हाणी घेवामा मात्रै नभएर औंशी, पूर्णिमालगायत अन्य जुनसुकै समयमा पनि गर्न सकिने पूजापाठ भएको र यसले प्राणी जगतको हित हुने विश्वास समग्र तामाङ समुदायको छ ।

- ADVERTISEMENT -

Advertisement

आमा समूहमा स्वतःस्फूर्त रुपमा पुण्यकर्ममा लागेका ३० जना सदस्यहरु रहेका छन् । समूहमा २१ जना म्हाणी गर्न सक्षम भएको र १५ जना सक्रिय रुपमा लाग्दै आएको उनले बताइन् । म्हाणी गर्दा जीवन रहँदा गरेका पापकर्म, दुःखको सागर पार हुने, सुखको भूमिमा जन्म र बुद्धत्व प्राप्त हुने उनको विश्वास छ ।

‘आफ्नो आफन्तकहाँ म्हाणी कार्यका लागि जानकारी गर्नु पर्दैन ।’ उनले भनिन्, ‘अन्यको घरमा खबर पाएपछि मात्र म्हाणीको लागि जाने गरेका छौं । म्हाणीका लागि गुम्बा, घर जहाँ पनि गर्न सकिने उनले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

चितवनका तामाङ समुदायले पछिल्लो समय म्हाणीको महत्व बुझ्दै गएकाले माग बढ्दै गएको पाइएको छ । गुम्बाका लामाले म्हाणी गर्ने प्रचलन भए पनि उनकै सहयोगीका रुपमा आमा समूह सक्रिय भएर लागेका हुन् । कतिपय स्थानमा लामाको उपस्थिति नभएको ठाउँमा यो समूहले म्हाणी गर्दै आएको छ ।

उनका अनुसार म्हाणी गर्दा मृतकका घर परिवारका अनुसार गरिने र कम्तीमा ३ पटकसम्म गर्नु पर्ने हुन्छ । म्हाणी क्रिया बसेकै दिनदेखि गर्न पनि सकिने उनी बताउँछन् । धर्मको लागि पुण्य कमाउनका लागि म्हाणी गर्दा स्वेच्छाले दिएको दान भने म्हाणिपा आमा समूहले ग्रहण गर्दै आएको छ ।

२०७४ साल फागुन २६ गतेबाट स्थापना भएको समूहले यसअघि अन्य स्थान (रामपुर, मंगलपुर लगायत) हरुमा म्हाणी गर्दै आएको देखेपछि प्राणी जगतको भलाइका लागि भन्दै कार्य गर्दै आएको उनी बताउँछिन् ।

६ वर्षअघि एक वर्ष मात्र म्हाणीका लागि अध्ययन गरेका आमा समूहले अझै पढाइ पूरा नभएको बताउँदै गुम्बाले नै यसको लागि पहल गर्नुपर्ने माग गर्दछन् । गुम्बाबाटै संरक्षण रहेकाले विधिवत रुपमा दर्ता लगायत एउटा कार्यालय कम्तीमा हुनुपर्ने उनीहरुको जोड छ ।

उनले म्हाणी तामाङहरुको संस्कार संस्कृति अन्तर्गत पर्ने कार्य भएकोले यसमा सबैलाई सहयोग गर्न आग्रह पनि गरेकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.24
151.84
European Euro
1
175.54
176.24
UK Pound Sterling
1
203.02
203.82
Swiss Franc
1
190.67
191.43
Australian Dollar
1
106.93
107.35
Canadian Dollar
1
108.19
108.62
Singapore Dollar
1
117.96
118.43
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.38
22.47
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.48
41.65
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
41.18
41.34
Malaysian Ringgit
1
37.34
37.49
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.12
16.18
Danish Kroner
1
23.49
23.58
Hong Kong Dollar
1
19.30
19.38
Kuwaity Dinar
1
492.72
494.67
Bahrain Dinar
1
401.11
402.71
Omani Rial
1
392.85
394.41