२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

प्रहरी नियन्त्रणमा रहेका अभिनेता केसी अस्पताल भर्ना

प्रकाशित मिति : २०८० आश्विन १३ गते
- ADVERTISEMENT -

काठमाडौं / दश लाख ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा शुक्रबार दिउँसो भक्तपुरबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बताएको छ ।

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाखा, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । केसीले १० लाख एड्भान्स लिएर पनि ‘रावायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा ब्यस्त थिए ।

- ADVERTISEMENT -