चितवन । तमू प्ये ल्हु संघ चितवनलाई प्ये ल्हु संघको केन्द्रीय समितिले उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मान गरेको छ । प्ये ल्हु संघको ३१औँ साधारण सभा तथा छैठौँ महाधिवेशनको अवसरमा चितवन जिल्लालाई सम्मान गरेको हो ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् पूर्व प्रदेशमन्त्री वेदबहादुर गुरूङलगायतको उपस्थितिमा चितवन जिल्लालाई सम्मान गरिएको प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरूङले जानकारी दिए ।
सम्मान ग्रहणको लागि अध्यक्ष विक्रम गुरूङसहित चितवन जिल्लाका पदाधिकारी पोखराको उक्त सभामा सहभागी भएका थिए । सम्मान ग्रहण गरिसकेपछि चितवन जिल्लाका अध्यक्ष विक्रम गुरूङले संस्थागत विकासको लागि हौसलासँगै जिम्मेवारी बढेको बताए ।