२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सम्बन्धविच्छेद चिन्ताको विषय

प्रकाशित मिति : २०८० कार्तिक १५ गते

नेपालमा देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहजता प्रदान गरेपछि देशभर सम्बन्धविच्छेदका घटना वृद्धि भइरहेका छन् । अहिले महिलाभन्दा बढी पुरुष नै सम्बन्धविच्छेदका लागि अग्रसर देखिनुले नेपाली समाज कस्तो अवस्थामा गुज्रिएको रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ । पारिवारिक सम्बन्धमा दरार उत्पन्न हुनु पक्कै पनि सुखद मान्न सकिँदैन । समाज कति उकुसमुकुसको अवस्थामा रहेछ भन्ने यही दुई महिनामा देखिएका दृश्यहरुले पुष्टि गरेको छ । बल्लतल्ल जोडिएको सम्बन्ध बिग्रनु, टुट्नु र फाटो आउनु विडम्बनाको कुरा हो । यो एउटा ठूलो सामाजिक समस्या बनिसकेको छ । ऐनले प्रदान गरेको सुविधाको उपयोग गर्दा धेरै जोडीको पारिवारिक जीवन नै ध्वस्त बन्न पुगेको छ । जसको सामाजिक असर दुवै परिवारमात्र होइन, उनीहरुसँग सम्बन्ध जोडिएका थुप्रै परिवारले भोग्नुपर्ने अवस्था सृजना भएको छ ।

केन्द्रीय राजधानी काठमाडौँ जिल्लामा मात्रै दैनिक दस जनाले सम्बन्ध तोड्न अग्रसर भएको देखिएको छ । पश्चिमा संस्कारको प्रभाव र एकल जीवन बाँच्ने अभ्यास नेपालमा पनि सुरू भैसकेको छ । यसले हाम्रो परम्परागत सामाजिक विश्वास, प्रेम, सामूहिक भावना, सम्बन्ध र सद्भावमाथि नै गम्भीर सवाल खडा गरेको छ । विगतमा विभिन्न हिंसा, अवहेलना, बहुविवाहजस्ता कारणले सम्बन्धविच्छेद गर्न महिला बाध्य हुन्थे । अहिले बढ्दो विदेश मोह र त्यसले निम्त्याएका विविध सामाजिक तथा घरायसी समस्याका कारण सम्बन्धहरु टिकाउ हुन सकिरहेका छैनन् । जहाँ विश्वासको संकट हुन्छ, अर्थसँग जोडिएका सवालहरु अपारदर्शी बन्छन्, शारीरिक सम्बन्धका विषय खुल्छन्, अनुचित लाभ र लोभले छोप्छ, पारिवारिक मर्यादा भंग हुन्छ अनि चाहेर वा नचाहेर सम्बन्धविच्छेदको सुविधा लिन बाध्य हुन्छन् । सम्बन्धविच्छेदका पछाडि जेजस्ता कारण जिम्मेवार भए पनि यो एउटा असंगति हो । यसले समाजमै नकारात्मक परिणाम ल्याउँछ ।

- ADVERTISEMENT -

Advertisement

एक व्यक्ति वा परिवारका पछाडि धेरै व्यक्ति वा परिवार जोडिएका हुन्छन् । हाम्रो जस्तो सामाजिक परिवेशमा यसले सम्बन्ध जोडिएका सबैलाई असर पु¥याउँछ । सम्बन्धविच्छेदले क्षणिकरुपमा वैयक्तिक स्वतन्त्रता प्राप्त होला । तर, यसले सामाजिक संरचनामै ठूलो संकट उत्पन्न गर्छ । सामूहिक परिवारको संस्कार, नैतिक मूल्य र मान्यतामा ह्रास, वैदेशिक रोजगार, पारिवारिक विखण्डनका साथै बढ्दो सामाजिक सञ्जालको दुरुपयोगका कारण उत्पन्न विकृति सम्बन्धविच्छेद बढाउन उद्यत छन् । पछिल्लो समय सम्बन्धविच्छेदका लागि अदालतसम्म धाउने महिला वा पुरुषले पति–पत्नीबीचको नैतिक आचरण, घरेलु हिंसा, आर्थिक मुद्दाजस्ता कारण दर्शाएका देखिन्छन् । कतिपयले आफ्नो स्वार्थसिद्ध गर्न सम्बन्धविच्छेदलाई हतियार बनाउने गर्छन् । सम्बन्धविच्छेद कानुनी अधिकार भए पनि यसले समाजमा उत्पन्न गर्ने विकृतिबारे चासो राख्दै सकभर सम्बन्ध बिग्रन नदिने उपाय अवलम्बन गर्नु जरूरी देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20