२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

भरतपुर महानगरपालिका र सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम

प्रकाशित मिति : २०८० कार्तिक २४ गते

चितवन / भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहाल र चीनको सिगात्से सहरका प्रमुख वाङ फाङ होङबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा दुई सहरबीच पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले सहयोग आदानप्रदान गर्ने उल्लेख छ । त्यसैगरी साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटनलगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरका प्रमुख रेनु दाहालले सिगात्से सहरसँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबीच प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरे ।
उक्त भगिनी सम्बन्ध पाँच वर्षका लागि मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब विनोदप्रकाश सिंह, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र कुमार राना, प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको उपस्थिति रहेको थियो । गत भदौमा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले सिगात्सेलगायत चीनका अन्य सहरको भ्रमण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73