–रोहिणी त्रिपाठी
कुुरिनटार । इच्छाकामना साहित्य प्रवाहले ११५औँ लक्ष्मी जयन्ती मनाएको छ । सो अवसरमा इच्छा दर्पण पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको थियो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छा दर्पण पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गुरुङले साहित्य समाजको ऐना भएकाले सकारात्मक परिवर्तनका लागि ठूलो भूमिका खेल्ने बताए ।
भाषा, धर्म, संस्कार र संस्कृति हराउँदै गएको बेला संस्थाको गतिविधिले संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो । उनले बालबालिकाहरुलाई लक्ष्मीप्रसाद देवकोटा जानकारी दिने उद्देश्यले गरिएको कार्यको सह्रहना गर्दै गाउँपालिकाको साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले संस्थाको प्रगतिको कामना गर्दै लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने बताए ।
कार्यक्रममा महाकवी लक्ष्मीप्रसाद देवकोटाको जीवनी बारे प्रकाश पारिएको थियो भने सर्वशान्ति माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरु राजकुमार दमै, रुपा प्रजा र सुनिता चेपाङले कविता वाचन गरेका थिए । महाकाव्यकार नारायणप्रसाद पोखरेललाई सम्मान गरिएको हो ।
अक्षय कोष स्थापना
यसैबीच इच्छाकामना साहित्य प्रवाहले अक्षय कोष स्थापना गरेको छ । संस्थाले २ लाख ५१ ह्जार १५१ रुपैयाँको अक्षय कोष स्थापना गरेको हो । उक्त अक्षयकोषबाट प्रत्येक साहित्यकारहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गर्ने प्रवाहका अध्यक्ष एकराज शर्मा पोखरेलले जानकारी दिए ।
सो अवसरमा विभिन्न शिर्षकमा अक्षय कोष समेत स्थापना गरिएको छ । चितवनको इच्छाकाममना ४ कुरिनटार निवासी समाजसेवी ध्रुब घिमिरेले बुबा डोलबहादुर घिमिरे र आमा राधिका घिमिरेको नाममा साहित्यिक पुरस्कारका लागि रु १ लाख ५१ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
त्यसैगरी प्रवाहका संस्थापक अध्यक्ष तथा सल्लाहकार कवि कृष्णप्रसाद पोखरेलले स्वर्गीय हजुरबुबा हरिलाल तथा हजुरआमा हिमादेवी पोखरेलको नाममा साहित्यिक पुरस्कार शिर्षकमा १ लाख १ हजार १ रुपैयाँ अक्षय कोष स्थापना गरेका छन् ।
पूर्व शिक्षक कृष्णप्रसाद सिलावलले स्वर्गीय बुबा शिवप्रसाद सिलवाल र स्वर्गीय बहिनी सरस्वती सिलवालको नाममा १ लाख ५ हजार ५११ रुपैयाँको साहित्यिक पुरस्कार शिर्षकमा अक्षयकोष स्थापना गरेका छन् ।
समाजसेवी तथा पूर्व दारेचोक गाविस अध्यक्ष देशबहादुर थापा तथा प्रेमकुमारी थापाले १ लाख १ हजार ३०० रुपैयाँ र पूर्व शिक्षक तूलसीप्रसाद खनालले ५१ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
सर्वशान्ति माविका प्र.अ. जोहन खरेल, शिक्षक सुजन सापकोटा, समाजसेवी ध्रुवराज त्रिपाठी, नारायणप्रसाद पोखरेल, तूलसीप्रसाद खनाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रवाहका अध्यक्ष एक शर्मा पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष रामनाथ त्रिपाठीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव शंकर सिलवालले सञ्चालन गरेका थिए ।
इच्छाकामनामा ११५औँ लक्ष्मी जयन्ती मनाइयो, ‘इच्छा दर्पण’ विमोचन
November 11, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
