२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

देछेन गुम्बा देवघाटको आयोजनामा विभिन्न संघसंस्थाको सरसफाइ

प्रकाशित मिति : २०८० मंसिर २१ गते

–बबिलाल तामाङ
देवघाट । देछेन थार्वालिङ बौद्ध गुम्बा देवघाटको आयोजनामा विभिन्न संघ संस्थाहरुद्वारा सरसफाइ कार्यक्रम गरिएको छ । देवघाटको चन्द्र स्वर्गद्वारी–चोकहुँदै बौद्ध धार्मिक तथा साँस्कृतिक क्षेत्र गेटदेखि बौद्ध धार्मिक शवदाह स्थलसम्म बुधबार सरसफाइ कार्यक्रम गरिएको देछेन गुम्बाका अध्यक्ष सुकमाया मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार धार्मिक पर्यटकीय स्थल देवघाटमा ‘पवित्र स्थल देवघाटमा गरौं पुण्य काम, हरिलो भरिलो सफा सुन्दर राखौँ हाम्रो अभियान’ भन्ने नारासहित सरसफाइ कार्यक्रम गरिएको हो । पवित्र स्थल देवघाट क्षेत्र वरपर विभिन्न कारणबाट फोहोरजन्य वस्तुहरु र झाडी बढ्दै गएपछि सरसफाइ अभियान नै थालिएको अध्यक्ष मोक्तानले बताए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिका वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले चन्द्र स्वर्गद्वारीचोकबाट कुचो लगाई सरसफाइ सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष महर्जनले सरसफाइ अभियान सफल पार्न सबै संघसंस्था र नागरिकहरुले एक्यबद्धता जनाउनु पर्ने बताए ।

वडाध्यक्ष महर्जनले सबैको साथ र सहयोग प्राप्त भएमा मात्र देवघाट क्षेत्रलाई सफा र हराभरा बनाउन सकिने जिकिर गरे । सरसफाइमा अभ्यास बढाउन सकिए मात्र देवघाटलाई कुरुप हुनबाट जोगाउन सकिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

उनले देवघाट धार्मिक पर्यटकीय स्थल समेत भएकोले आफ्नो गाउँ ठाउँ आफैँले सफा गर्नुपर्ने बताउँदै सरसफाइमा ध्यान दिन आग्रह गरे । भरतपुर भ्रमण वर्ष २०२४ नजिकिँदै गरेकोले आआफ्नो ठाउँबाट सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको उनले बताए ।

देवघाट क्षेत्र विकासको लागि सबै जिम्मेवार भई हातेमालो गर्दै अघि बढ्नु पर्ने उनको धारणा थियो । उनले हरेक १५ दिन वा महिनामा एक पटक सरसफाइ अभियान नै थालनी गर्न आग्रह गर्दै वडाको सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, भरतपुर नगर तामाङ समाज चितवनका सचिव सिताराम मोक्तान, नेपाल राष्ट्रिय भूपू सैनिक संघ इकाई ४ वडा नं. १० का अध्यक्ष तोयानाथ पौडेल, गामवेसी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमल कुँवरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बौद्ध धार्मिक तथा साँस्कृतिक निर्माण समितिका संयोजक शम्भुलाल पाख्रिनको संयोजकत्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22