चितवन / कर्मी चौतारीको नयाँ उत्पादन ‘खलजङ्गको कोट’को तयारी अन्तिम चरणमा पुगेको छ । मञ्चमा देखिने कलाकार र पर्दापछाडिको व्यवस्थापकीय पक्षमा खटिने सबै जनशक्ति भरपुर तयारीमा जुटिरहेको कर्मीले जनाएको छ ।
शीघ्र मञ्चनको तयारीमा रहेको नाटकलाई मुकुन्दराज अर्याल ‘खलपात्र’ र अर्जुन न्यौपानेले लेखेका हन् । करिब ४५ वर्षअघिको कथालाई नाटकमा उतार्ने प्रयास गरिएको छ ।
अर्जुन न्यौपानेले निर्देशन गरेको नाटकमा लेखक मुकुन्द खलपात्र, सुझाव अधिकारी, आश्मा राई, समीरा सुनार, अङ्कति सिंह, जया ढकाललगायतका कलाकारलाई मञ्चमा देख्न सकिन्छ । चितवनको नाट्य क्षेत्रलाई माथि उठाउनुका साथै चितवनमै व्यवस्थित नाटक घर निर्माण गर्ने अभियानसहित कर्मी चौतारी विगत एक दशकदेखि नाटक निर्माण र मञ्चनमा सक्रिय छ ।
यसपटकको नाटक खलजङ्गको कोटलाई पूर्ण रूप दिनको लागि पर्दा पछाडिबाट असीम हमाल, उत्तम गुरूङ, सविना भुसाल, अर्पणराज खरेल, भीम राईलगायतले साथ दिएका छन् । यही मङ्सिर ३० गतेदेखि नारायणी कला मन्दिरमा मञ्चन गर्ने तयारी भइरहेको व्यवस्थापक असीम हमालले जानकारी दिए ।
कर्मी चौतारीले यसअघि केही महिनाअघि मात्रै हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित बहुचर्चित उपन्यास ‘एक चिहान’ माथि नाटक निर्माण गरेर मञ्चन गरेको थियो । हालसम्म निर्माण भएका सबै नाटक मन पराउँदै गएको बताउँदै कर्मी चौतारीका व्यवस्थापक हमालले हाल निर्माण भइरहेको नाटक पनि उत्कृष्ट बनेको दाबी गरे ।
पुरानो पुस्ताका कलाकारहरूले करिब एक दशकभन्दा अगाडि नारायणी कला मन्दिरकै प्रेक्षालयमा नाटक ‘सकस’ निर्माण तथा मञ्चन गरेको थियो । तर, त्यसपछि कला मन्दिरमा जति नाटक मञ्चन भए, सबै कर्मी चौतारीले नै निर्माण गर्दै आइरहेको छ । कतिपय नाटकमा कला मन्दिरसँग सहकार्य गरेर पनि मञ्चन गरिँदै आएको छ ।
नाटक ‘खलजङ्गको कोट’ शीघ्र मञ्चन हुँदै
December 16, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
