चितवन / होटल व्यवसायी संघ चितवनको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गरेका हुन् । पुस १४ गतेदेखि १८ गतेसम्म नारायणगढ क्याम्पाचौरमा सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।
फुड फेस्टिबलको समापन कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग्रह गरे । ग्राहकलाई खाना खुवाउने व्यवसायीले नै बेला बखत फुड फेस्टिबल गर्नु राम्रो भएको भन्दै उनले संघले गरेको पहिलो प्रयास नै सफल भएको बताए । टिकट किनेरै फुड फेस्टिबलमा पुग्ने दर्शकको संख्या उल्लेख्य देखेको भन्दै उनले यसले व्यवसायीबीच आत्मियता पनि बढाएको बताए ।
उनले देशभरका करिब ८० हजार होटल तथा रेष्टुरेन्ट महासंघमा आबद्ध रहेको जानकारी दिए । आठ लाख भन्दा बढीलाई रोजगारी दिएको होटल व्यवसायमा तीन खर्बको लगानी रहेको उनले बताए । ‘नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई होटल व्यवसाय क्षेत्रले सघाएको छ । गुणस्तरीय सेवा प्रदान गराउनका लागि होटल व्यवसायीको आचारसंहिता पनि लागु भएको छ’, उनले भने ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिलो पटक आयोजना गरिएको फुड फेस्टिबल सफल भएकोमा खुसी लागेको बताए । फुड फेस्टिबल सञ्चालनका क्रममा भएको कमि कमजोरी आगामी दिनमा हुन नदिने उनले प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा नं २ का अध्यक्ष मनोज रानाभाट लगायत सहभागी थिए ।
होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष जनक पौडेलको संयोजकत्वमा भएको फुड फेस्टिबलमा ३९ वटा स्टल थिए । फुड फेस्टिबलको लागि विभिन्न उपसमिति गठन गरिएको थियो । फुड फेस्टिबलमा पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको छ । फुड फेस्टिबलमा भएको आर्थिक कारोबार र खर्चको हिसावकिताब केहि दिनमा सार्वजनिक गरिने संघका सचिव कृष्ण महतोले जानकारी दिए । त्यसका लागि संघको कार्यसमितिको बैठक बस्दै छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रैथाने फुड फेस्टिबलमा ३० हजार दर्शकको अवलोकन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04










