२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

प्रकाशित मिति : २०८२ चैत्र २३ गते

भरतपुर / चितवन उद्योग सङ्घको आयोजनामा दशौँ अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ । यही चैत २७ गतेदेखि २९ गतेसम्म हुने दशौँ अन्तरराष्ट्रिय प्रदर्शनीको आज (सोमबार) पत्रकार सम्मेलन जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मदन घिमिरेले नेपालका उद्योगहरूको प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको प्रदर्शनीले आयातलाई प्रतिस्थापन गने र निर्यातलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिको प्रदर्शनी गरिने छ । हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरू, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जालगायतका उत्पादनलाई सहयोग पुग्ने सामग्रीको प्रदर्शनी गरिने छ ।

प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहने छन् । राष्ट्रिय आविस्कार केन्द्रको प्रविधि तथा मेसिनरीको स्टल र मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगसमेत स्टलमा रहने उनले जानकारी दिए ।

एक सय वटा स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । अहिले नेपालमा उत्पादित सामग्री भारत, इथोपिया, श्रीलङ्काजस्ता देशमा पुगेको भन्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुग्ने उनले बताए ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँचको लागि वातावरण तयार गर्नका लागि नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य विषयमा प्रदर्शनीका क्रममा छलफल गरिने छ । युवाहरूलाई उद्योमशीलतातर्फ प्रेरित गर्न, रोजगारी बृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति एवं समृद्ध राष्ट्र निर्माणका लागि प्रदर्शनी सहयोगी बन्ने सो अवसरमा जानकारी दिइयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46