April 22, 2025

उवा–संघ चितवनको नेतृत्वमा सुमनकुमार श्रेष्ठ

January 9, 2024
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा एवं अधिवेशनबाट सुमनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । आव २०८०/०८२ कार्यकालका लागि सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
श्रेष्ठका निकटतम प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्र प्राप्त गर्न सफल भए । उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवारहरु निर्वाचित भएका छन् ।
उपविजेता पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, कर्पोरेट÷वस्तुगततर्फ उपाध्यक्षमा नारायण प्रधान निर्वाचित भएका हुन् ।
यस्तैगरी कार्यसमिति सदस्य महिलातर्फ अस्मिता तिमिल्सिना, कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल र राजकुमार कानु, कार्यसमिति सदस्य उद्योगतर्फ इमान्दु बराल, अशोक श्रेष्ठ, पूर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, उपेन्द्र पण्डित, शंकर अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्य वस्तुगततर्फ दिपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल, शंकरप्रसाद घिमिरे र कार्यसमिति सदस्य वाणिज्यतर्फ, गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे, सुनिता लिगल कर्माचार्य निर्वाचित हुन सफल भए ।

- ADVERTISEMENT -