२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्री बहादुरसिंह लामाद्वारा नवौँ खिचरा महोत्सवको शुभारम्भ

प्रकाशित मिति : २०८० पुष २९ गते
- ADVERTISEMENT -

चितवन / पूर्वी चितवनको खैरहनी–५ गौचरनमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शनिबार उद्घाटन गरेका हुन् ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० कक्ष छन् । चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए । हालका जिल्ला अध्यक्ष ललित चौधरीले चितवनमा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेशकै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए ।
तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे । यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् । थारु समुदायका मौलिक गीत र नाँचहरु प्रसस्तै छन् । तर पछिल्लो समय ति हराउँदै जान लागेका छन् ।
थारु समुदायका प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए । महोत्सव स्थलमा थारु समुदायको ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीका लागि राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04