चितवन / पूर्वी चितवनको रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु भएको छ । रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको खाना महोत्सवको बागमती प्रदेशका सांसद कृष्णप्रसाद शर्मा खनालले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् ।
सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव सुरु भएको हो । ३२ वटा स्टल रहेको खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुको परिकार सहित खानाका स्टलहरु रहेको रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
टिकौलीमा महोत्सव गर्दा टाँडी बजारलाई ओझेल पर्न नदिन साँस्कृतिक खाना महोत्सव गरिएको विसुरालले जानकारी दिए । खाना महोत्सवमा स्थानीय खानाको परिकारको बजारीकरणमा जोड दिइएको छ । दिउसो टिकौली स्थित महोत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारको स्वादको मज्जा लिने गरी खाना महोत्सव गरिएको संघका अध्यक्ष तथा रत्ननगर महोत्सव मुल समारोह समितिका अध्यक्ष शंकर गिरीले बताए ।
खाना महोत्सवका संयोजक विसुरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगरका उपमेयर यादवप्रसाद पाठक, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । खाना महोत्सव सुरु हुनु पूर्व रत्ननगरमा शोभायात्रा निकालिएको थियो ।
- ADVERTISEMENT -

रत्ननगरमा पाँचौ सांस्कृतिक खाना महोत्सवको शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











