चितवन / पूर्वी चितवनको रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सव सुरु भएको छ । रत्ननगर महोत्सव अन्तर्गत आयोजना गरिएको खाना महोत्सवको बागमती प्रदेशका सांसद कृष्णप्रसाद शर्मा खनालले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् ।
सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव सुरु भएको हो । ३२ वटा स्टल रहेको खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुको परिकार सहित खानाका स्टलहरु रहेको रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
टिकौलीमा महोत्सव गर्दा टाँडी बजारलाई ओझेल पर्न नदिन साँस्कृतिक खाना महोत्सव गरिएको विसुरालले जानकारी दिए । खाना महोत्सवमा स्थानीय खानाको परिकारको बजारीकरणमा जोड दिइएको छ । दिउसो टिकौली स्थित महोत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारको स्वादको मज्जा लिने गरी खाना महोत्सव गरिएको संघका अध्यक्ष तथा रत्ननगर महोत्सव मुल समारोह समितिका अध्यक्ष शंकर गिरीले बताए ।
खाना महोत्सवका संयोजक विसुरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगरका उपमेयर यादवप्रसाद पाठक, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । खाना महोत्सव सुरु हुनु पूर्व रत्ननगरमा शोभायात्रा निकालिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरमा पाँचौ सांस्कृतिक खाना महोत्सवको शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











