April 19, 2025

युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा ४ पक्राउ

January 17, 2024
- ADVERTISEMENT -

काठमाडौँ / काभ्रेमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । पाँचखाल नगरपालिका वडा नम्बर– ७ शिखरपुर बस्ने १९ वर्षीया युवतीलाई सोही स्थानमा रहेको झाडीमा गत पुस २७ गते साँझ सामूहिक बलात्कार भएको हो ।
सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।
चार जनाले जंगलमा लगेर मुख थुनेर संयुक्त रुपमा जबर्जस्ती करणी गरेको पीडितले बताएकी छिन् । बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले उद्धार गरेको थियो ।

- ADVERTISEMENT -