March 15, 2025
- ADVERTISEMENT -

खिचरा महोत्सवमा आज ब्याण्ड जोन चाम्लिङको प्रस्तुति

January 20, 2024

खैरहनी / पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्सवमा आज (शनिबार) युवाहरुमा माझ लोकपृय ब्याण्ड जोन चाम्लिङ राई द लोकल को प्रस्तुति रहने छ ।
यूवा पुस्ताहारुको चाहना र भावनालाई बुझेर युवा मनको ढुकढुकी बन्न सफल ब्याण्ड जोन द लोकल ब्याण्डको प्रस्तुति राखिएको कलाकार संयोजक जयस चौधरीले बताए ।
फर्कन्न होला अब म गए पछि, हावा जस्तै मलाई उड्न मन छ अल्झाइ नराख, को छ र, मुटु देखि लगाएत दर्जनौ गितहरु युवा पुस्ता माझ लोकपृय छन् ।
संगीतकार, गायक, कम्पोजकर गणेश चौधरीको पनि प्रस्तुति रहेको छ । चितवनकै उदयिमान गायक विश्व चौधरी लगाएत थारु सास्कृति प्रस्तुतिका साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने संयोजक चौधरीले जानकारी दिए ।
राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा संस्कृति नेपालको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको नवौ खिचरा महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।

- ADVERTISEMENT -