April 25, 2025

खिचरा महोत्सवको समापन आज, गायिका सोनु कुश्मीको प्रस्तुति

January 24, 2024
- ADVERTISEMENT -

चितवन / पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्सव २०८०को समापन हँुदैछ । पौष २८ गतेबाट संचालन आएको १२ दिने महोत्सवको आज (बुधबार) समापन हुने आयोजकले जनाएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि माननीय जगन्नाथ थपलिया रहेको थारु कल्याणकारीणि सभा क्षेत्र न ७ का सभापति तथा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए ।
संयोजकका चौधरीका अनुसार महोत्सवको अन्तिम दिन चर्चित गायिका सोनु कुस्मि लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव परिसरमा निःशुल्क विशेषज्ञ डाक्टरद्वारा सेवा रहेको र आज नाक कान घाटी विशेषज्ञ डाक्टर विकास पाण्डेले विरामीको चेक जाच गर्ने प्राथमिक उपचार समितका संयोजक भोला चौधरीले बताए । विरामीलाई निशुल्क औषधी वितरण गरिने बताइएको छ ।
खिचरा डान्स आइडको फाइनलमा प्रबेश गरेका अन्तिम आठ प्रतियोगीहरुको भोटिङ आजै १२ बजेसम्म खुल्ला रहने र विजेताको नाम घोषणा गरिने जनाइएको छ । प्रतिस्पर्धीहरु जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी मध्येबाट एक जना खिचरा डान्स आईडलको घोषणा गरिने छ ।
डान्स आइडलका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव तुलनात्मक रुपमा सफल भएको आयोजकको धारणा छ ।

- ADVERTISEMENT -