चितवन / बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्य सम्पादन तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बेथिति, प्रगतिभन्दा दुर्गती अत्यधिक रहेको जनगुनासो थियो । भोटिङको आधारमा गरिएको सर्वेक्षणमा समेत यो प्रमाणित भएको छ ।
कार्यक्रमको जनगुनासोमा अस्पतालले मेशिन राम्रो हुदा समेत बिग्रिएको भन्दै बिरामीलाई अनेन्त्र पठाउने गरेको, विपन्न तथा विमाबाट औषधी पाईन्छ भनि घण्टौ लाईन बस्दा २÷४ वटा सिरिन्ज मात्र पाईने र बाँकी सबै औषधी बाहिर किन्नुपर्ने बाध्यता, डाक्टरहरु सरकारीभन्दा प्राइभेटमा नै बढी जम्ने गरेको प्रश्न गरिएको थियो ।
यस्तै पेट स्कान भन्ने मेशिन करिब १ वर्ष अगाडिदेखि फिट हुँदैछ भन्दा भन्दै वषौ बित्दा समेत कार्यान्वयनमा नआएको, विरामीले महँगो शुल्क तिरेर कि पुर्वाञ्चल त कि काठमाडौमा जानुपर्ने बाध्यता, प्रायः डाक्टरहरुले विरामीलाई छिटो हुन्छ प्राईभेटमा आउनु भनि ठेगाना दिने गरेको जनगुनासो थियो ।
त्यस्तै बायोप्सी गरेपछिको रिर्पोट ४५ दिनदेखि २ महिना लाग्छ भन्ने र पहु“च हुनेले २१ दिनको दिनमा समेत लाने गरेको, त्यहाँका कर्मचारी स्टाफहरुले रुखो बचन बोल्ने गरेको र विरामीको आफन्तहरु स्टाफहरुसँग बोल्न डराउनु पर्ने बाध्यता, केही कर्मचारीको घर अस्पताल आसपास हुँदा समेत आफ्नो घर भाडामा लगाई क्वाटरमा बस्ने गरेको र टाडाबाट आउने कर्मचारीलाई समस्या, सिनियर स्टाफहरुलाई प्रमोशन नगरी राजनैतिक पहुँचको आधारमा जुनियर स्टाफलाई प्रमोशन हुने गेरको लगायत यस्ता अनेकौ प्रकारका प्रश्नहरुको चाङचाङै प्रस्तुत भएको थियो ।
अस्पतालमा कार्यरत कर्मचारी तथा डाकटर सबैलाई अवगत नै भएको कुरा हो उपचार ढिलो हुँदा शरीरका अन्य भागमा क्यान्सर फैलिन सक्छ । उपचारमा जटिलता पैदा हुन्छ ।’ बायोप्सी रिपोर्टकै आधारमा केमो दिने, अझै ठूलो अप्रेसन गर्ने वा सेकाइ गर्ने भनेर निक्र्याेल गरिन्छ ।
बिरामीलाई कसरी हुन्छ सहज रुपमा, सस्तो दरमा छिटोछरितो र भरपर्दाे सेवा दिने भन्दा यस अस्पताल व्यवस्थापनका मान्छेहरु कसरी हुन्छ तलब–भत्ता धेरै बुझ्ने र अस्पतालमा बसेर राजनीति गर्नेतिर बढी केन्द्रित रहने गरेका छन् ।
उता अप्रेसन गर्ने भनेर भर्ना गरिएका बिरामीलाईसमेत सर्जन र एनेस्थेटिस्टले अप्रेसन थियटरमा लगेर विभिन्न बहानामा भनौ वा तपाईको प्रेशर हाई छ भन्दै समेत अप्रेसन क्यान्सिल गर्ने गरेको गुनासो प्रयाप्त सुन्न पाईन्छ ।
अप्रेसन क्यान्सिल भएपछि बाध्य भएर बिरामीहरु प्राइभेटमा अप्रेसन गर्न जाने तथा कतिपय डाक्टरले त यहाँ ढिलो हुन्छ भन्दै प्राइभेट अस्पतालको नाम दिएर बिरामीलाई उतै बोलाउने गरेको समेत बताउँछन् । त्यसो त औषधि किन्न समेत बाहिर रहेका मेडिकलको नामै तोकेर पठाउने गरेको पाइएको कार्यक्रममा प्रश्न गरिएको थियो ।
- ADVERTISEMENT -

क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाई : जनगुनासो अत्यधिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68












