मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङमा हिमपात भएको छ । बिहीबार दिउँसोदेखि हिमपात हुँदा सो क्षेत्रको जनजीवन कष्टकर बनेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
तापक्रम माइनसमा झरेपछि चिसोले जनजीवन कष्टकर बनेको छ । सडकमा ५ इन्च ढाक्ने गरी हिउँ थुप्रिएका कारण त्रिभुवन राजपथ अन्तरगतको हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा समेत अवरुद्ध बन्न पुगेको छ ।
- ADVERTISEMENT -

यस वर्षको हिउँदयाममा पहिलो पटक वर्षा र हिमपात भएको हो ।









































