काठमाडौं / देशैभरि यही फागुन १३ गते आइतबारदेखि दादुराविरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले उक्त अभियान संचालन गर्न लागिएको हो ।
उक्त अभियान जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा संचालन हुनेछ । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।
उक्त अभियान चैत ७ गतेसम्म संचालन हुनेछ ।