२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

प्रतिनिधि सभा बैठक आज बस्दै

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (आइतबार) बोलाइएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -