April 20, 2025

तीन प्रदेशमा हल्का वर्षा हुने अनुमान

February 27, 2024
File photo.
- ADVERTISEMENT -

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ ।

यस्तै, आज (मंगलबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

- ADVERTISEMENT -