March 15, 2025
- ADVERTISEMENT -

भरतपुर भ्रमण वर्षको प्रचारका लागि ‘चितवन हेरिटेज राइड’

February 28, 2024

चितवन / भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसार स्वरुप साइकल ¥याली निकालिने भएको छ । साइकल व्यवयासीहरुको संस्था एमटिबी बगको आयोजनामा ‘साइकल वातावरणको अभिन्न अंग हो र स्वास्थ्यका लागि साइकल’ भन्दै ‘चितवन हेरिटेज राइड–२०८०’ नामको साइकल ¥याली निकालिन लागेको हो ।

यही फागुन २५ गते हुने कार्यक्रम उद्योग वाणिज्य संघ, चितवनको परिसरबाट बिहान ७ बजे सुरु हुनेछ । साइकल ¥याली नारायणगढ बजार परिक्रमा गर्दै बेलचोक–सानो गढी–गाँजीपुर–गोलाघाट–चितवन राष्ट्रिय निकुञ्ज, कसरा–जगतपुर–अम्ब्रेला स्ट्रिट, पटिहानी–छितामाई थान–बफरजोन हुँदै सौराहामा सम्पन्न हुने एमटिबी बगले जनाएको छ ।

कार्यक्रममा सहभागि हुनका लागि एक हजार ५०० रुपैयाँ लाग्ने छ । त्यस रकमलाई खानालगायतको व्यवस्था गरिने आयोजकले जनाएको छ । धेरै भन्दा धेरै सहभागिताका लागि आह्वान समेत गरिएको छ ।

- ADVERTISEMENT -