२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

गोली प्रहार गरी करोड माग गर्ने ३ जनालाई जेल चलान

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते
sketch
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले हेटौंडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गत मंसिर १९ गते राती गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालतकी न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो ।

गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो ।

लागूऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागूऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको थियो ।

- ADVERTISEMENT -