२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागीश्वरीमा पुस्तकालयको नगर प्रमुख दाहालद्वारा उद्घाटन

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार एक समारोहका बीच उक्त पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले योगी नरहरिनाथको सिद्धान्तमा मुलुक चल्न नसकेको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

धर्मको वैज्ञानिक व्याख्या गर्दै धार्मिक अभियानलाई देशव्यापी बनाउन सफल हुनुभएको भन्दै दाहालले राष्ट्र गुरुको बारेमा थप अध्ययन र अनुसन्धान गर्न पुस्तकालयले मद्दत पु¥याउनेमा विश्वास व्यक्त गरिन् ।

उक्त पुस्तकालयको विकास र संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने दाहालको भनाइ छ । पुराना अभिलेख एवं पुस्तकहरुको संरक्षण, योगी नरहरिनाथका महत्वपूर्ण पुस्तकहरु पुनः प्रकाशन, योगीका कृतिहरुमाथि अध्ययन एवं अनुसन्धान, चितवनका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक बस्तुहरुको अन्वेषण गर्नु पुस्तकालय स्थापनाको लक्ष्य रहेको बताइएको छ । पुस्तकालयमा योगी नरहरिनाथका सम्पूर्ण कृति एवं उहाँका कृतिमाथि भएका अध्ययन सामग्री राखिने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै धार्मिक पुस्तकहरु एवं अनुसन्धानका निम्ति आवश्यक पर्ने सन्दर्भ पुस्तकहरु पनि पुस्तकालयमा राखिने बताइएको छ । योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रमा हालसम्म धार्मिक, योगी नरहरिनाथ एवं चितवनका विभिन्न दुई हजार भन्दा बढी पुस्तकहरु रहेका छन् । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा गुरुप्रसाद, संरक्षक शान्तप्रसाद पोखरेल, तिमिला माता, आश्रम प्रमुख योगी निरञ्जन नाथलगायतले मन्तव्य दिएका थिए ।

सो कार्यक्रमको सञ्चालन अशोक पोखरेलले गर्नुभएको थियो । यसैबीच, राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आयोजना गरिएको लक्ष्यहोमको समापन गरिएको छ ।

आश्रम प्रमुख योगी निरञ्जननाथको संकल्प एवं श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा फागुन १४ देखि सञ्चालन भएको लक्ष्यहोम बिहीबार समापन गरिएको आश्रमका सदस्य एवं लक्ष्यहोम संयोजक सुकमाया भुजेलले जानकारी दिए ।

लक्ष्यहोम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहेकी थिइन् । घुमौँ भरतपुर अन्तरगत भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा योगी नरहरिनाथको ११० औँ प्रकाट्य दिवसको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा गौ आरती गरी भ्रमण वर्षको सफलताको कामना गरिएको थियो ।

त्यस्तै, राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवसको कार्यक्रममा ११ जना कर्तासहित यहाँ रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुक र प्राचार्यलगायतका गुरुहरु एवं विभिन्न भक्तजनहरुद्वारा पूजा हवन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लक्ष्य दीप प्रज्ज्वलन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88