चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शक्ति जनतामा भएको बताएका छन् । सभापति लामिछानेले शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठूलो हुने बताएका हुन् । उनले जनताको शक्तिलाई महत्व दिन पनि शिर्ष नेताहरुलाई आग्रह गरे ।
‘यो मञ्च कति शक्तिशाली देखिन्छ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीको उपस्थिति छ । विरलै देखिने दृश्य यो मञ्चमा देखिएको छ’, दर्शक दिर्घातर्फ देखाउँदै उनले भने, ‘शक्ति यता होइन । शक्ति उता छ । शक्ति कति छ भन्ने कुरा उहाँहरूले देखाउनुहुन्छ । जुन दिन कसको कति शक्ति छ देखिन्छ ।’
उनले भरतपुर विकास गरेकोमा आफूले मेयर रेणुको प्रशंसा गरेको बताए । सबै ठाउँले विशेष महत्त्व बोकेको हुन्छ भन्दै उनले भरतपुरको सिङ्गो चितवनको विकासका लागि सहयोग गर्न आफू तयार रहेको बताए ।