२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

‘नवौं फर्मा एक्स्पो २०२४’ भोलिदेखि सुरु

२५ हजार दर्शकले अवलोकन गर्ने अनुमान
प्रकाशित मिति : २०८० फाल्गुन २४ गते

चितवन / नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा ‘नवौं फर्मा एक्स्पो २०२४’ हुने भएको छ । एपोनले फागुन २५ गतेदेखि २७ गतेसम्म हुने उक्त एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले एक्स्पो हामीले विदेशीबाट सिक्ने र विदेशीले हामीबाट सिक्ने ठाउँ भएको बताए । उनले एक्स्पोमा विदेशी विज्ञ प्राविधिकहरु, उपकरण उत्पादक, सरकारी प्रतिनिधि लगायतका पाहुनाहरुको उपस्थिति रहने जानकारी दिंदै विदेशीहरुलाई नेपाली औषधि उद्योगको अवलोकन समेत गराइने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले नेपालको औषधिमा गुणस्तरमा कुनै कमी नरहेको बताउँदै विदेश समेत निर्यात हुँदै आएको जानकारी दिए । उनले यसै एक्स्पोमा समेत कतिपय देशबाट यहाँको औषधिका बारेमा चासो दिएर अवलोकनका लागि आउँदै गरेको जानकारी दिए ।

संघका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले देशको केन्द्र भागमा रहेको चितवनमा पुनः फर्मा एक्स्पो गर्न पाउँदा गौरवान्भित भएको जनाए । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको उनको भनाई छ ।
सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी गराउनु आफूहरुको अर्काे उद्देश्य रहेको उनको भनाई छ ।

काठमाण्डौंमै एक्स्पो गर्न दवाव भईरहेको समयमा आफूहरुले चितवनमा आयोजना गरेको भन्दै रुङ्गटाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो गर्न चितवनमा प्रदर्शनी, होटल लगायतका सेवा सुविधा रहेको बताए । उनले चितवनको पर्यटकीय क्षेत्रमा पनि ठूलो प्रभाव पार्ने बताउँदै चितवनवासीले एक्स्पोलाई माया गरेर सफल बनाउने विश्वास व्यक्त गरे ।

कोभिड–१९ महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण नेपाली औषधि उद्योगको कारोबार घट्दै गएको संघका उपाध्यक्ष एवं एक्स्पोका मिडिया कोअर्डिनेटर सन्तोष बरालले बताए ।

नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको अवलोकन चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगी र सर्वसाधारण गरी करिव २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

यस एक्स्पोले भरतपुर भ्रमण वर्षलाई थप उर्जा र सहयोग प्रदान गर्ने आयोजकको अपेक्षा रहेको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ता एक्स्पोमा आउने भन्दै यसले यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउने आयोजकको भनाई छ ।

२५ गते बिहान ७ बजे चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम हुनेछ भने बिहान १०ः३० बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पो अवधिभर विभिन्न गोष्ठी, सेमिनार, तालिमहरु सञ्चालन हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10