२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा जनजाति महोत्सवको तयारी तीव्र

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । हरेक कोणबाट देशकै केन्द्र विन्दु मानिने चितवन पछिल्लो समय महोत्सवको हब बन्दै गएको छ । विभिन्न संघसंस्थाहरुले हरेक वर्ष व्यापारिक दृष्टिकोणले महोत्सव आयोजना गर्दै आएको छ भने जातिय संगठनहरु पनि आफ्नो धर्म र संस्कारको जगेर्ना गर्ने उद्देश्यले आकर्षित हुँदै गएको छ ।

जिल्लामा दुई ठूला महोत्सव मानिने चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा हुने गरेको छ भने अन्य महोत्सवहरु वर्षेनी हुँदै आएको छ । जिल्लामा महोत्सव आयोजकहरु हरेक वर्ष बढ्दै गएको पाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

राप्ती ९, वान ग्रुप स्थित श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा तामाङ समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले गत माघ २४ देखि २७ गतेसम्म ’प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’ र खैरहनी ७ मा थारु कल्याणकारिणी सभाले नवौं खिचरा महोत्सव सम्पन्न गरेको थियो ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवनले पनि जनजाति लक्षित गरी ’प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को तयारी तिव्र पारेको छ ।

- ADVERTISEMENT -

Advertisement

यही चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा हुने महोत्सवको पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । आदिवासी जनजाति परिसर प्रमुख आकर्षणको केन्द्र बन्ने उक्त महोत्सवमा करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा १८ जाति संगठित भइसकेका छन् ।

महोत्सव स्थलमा संगठित भएका सबै आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने गरी जनजाति परिसर निर्माण गरिने मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए ।

उनले चितवनका आदिवासी जनजाति समुदायको संस्कृति र पहिचानलाई विश्वव्यापी गराउनको लागि पनि महोत्सव गर्ने तयारी गरेको बताए । यसका साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको ’घुमौं’ भरतपुर’लाई सार्थक तुल्याउन पनि आदिवासी जनजाति महोत्सव सार्थक हुने आयोजकको दाबी छ ।

आदिवासी जनजाति समुदायको परिसरसहित करिब तीन सय प्रदर्शनी कक्ष रहने महोत्सव अवधिभरमा चितवनमा बसोबास गर्दै आएका सम्पूर्ण आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसबाहेक हरेक दिन ख्यातिप्राप्त कलाकारहरुमार्फत गीतसंगीतको माध्यमबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष पदमबहादुर गुरूङले जिल्लामा बसोवास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर– राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने सम्पन्न गर्न करिब ८० लाख रूपैयाँ खर्च र करिब एक करोड रूपैयाँको हाराहारीमा कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04