March 15, 2025
- ADVERTISEMENT -

राष्ट्रिय सभाको बैठक बस्दै आज

March 15, 2024

काठमाडौं / संघीय संसद् अन्तरगत पर्ने राष्ट्रिय सभा बैठक पनि आज (शुक्रबार) बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बजेर १५ मिनेटमा बस्ने भएको हो ।

बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ ।

यसैगरी, अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार ९पहिलो संशोधन०विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, बैठकमा सदनमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।

आज प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । बैठक विहान ११ बजे बस्ने भएको हो ।

- ADVERTISEMENT -