काठमाडौं / सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन् । होली खेलेर नुहाउने क्रममा आइतबार उनीहरु बेपत्ता भएको हुन् ।
उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

बेपत्ता भएका उनीहरुको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं। ५ त्रियुगा गण उदयपुरले खोजतलास गरेका थिए । उनीहरु फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं। १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।











































