April 30, 2025

विद्युतको लाइन सर्ट हुँदा कलेजमा आगलागी

March 27, 2024
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरको हेटौंडास्थित नारायणी कलेजमा मंगलबार आगलागी भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० मा रहेको तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा विद्युतको लाइन सर्ट भएर आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ । सो आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -