२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

छुट्टाछुटुटै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

प्रकाशित मिति : २०८० चैत्र १८ गते

काठमाडौं / नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, डडेल्धुरा, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१८, ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागूऔषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६, रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय मिलिग्रामसहित शनिबार बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका नगवा चोक बस्ने २० वर्षीय सुजन यादवलाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, डडेल्धुराको अमरगढी नगरपालिका–४, तल्लो खलंगाबाट अवैध लागूऔषध चरेश ४ सय ९५ मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ४३ वर्षीय कमल गुरूङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले से।७ प ३६१५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक गुरूङलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

उता झापाको कन्काई नगरपालिका–३, डाईमन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम १ सय २० मिलिग्राम र अवैध लागूऔषध गाँजा ४ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २१ वर्षीय सन्जय चौधरी र ३० वर्षीय रोशन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यलय सुरुङगाबाट खटिएको प्रहरीले सन्जयको साथबाट ब्राउनसुगर र रोशनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका–२ बस्ने २४ वर्षीय कमल बिक र २० वर्षीय प्रतिक तामाङ रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मे ३ प ७८११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ५ सय मिलिग्रामसहित भोजपुर ट्याम्केमैयुम गाउँपालिका–७ बस्ने २९ वर्षीय उगेन दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, मोरङको सुन्दरहरैचा नगरपालिका–७ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ५१ मिलिग्रामसहित २ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय जीबन लिम्बु र २६ वर्षीय सुमन लिम्बु रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका–७ पाथिभरा बस्ने कमला वानेमको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले कमलाको घर तलासी गर्दा उनको घरमा पाहुना आएका दुवै जनालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36