April 26, 2025

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

April 5, 2024
- ADVERTISEMENT -

झापा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

३२ वर्षीया मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी विवादका कारण देब नरायणले मोमसरीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट मोमसरीको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -