२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा भोलिदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला सुरु

मन्त्री भण्डारीले उद्घाटन गर्ने
प्रकाशित मिति : २०८१ बैशाख ६ गते
- ADVERTISEMENT -

चितवन / चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” हुने भएको छ । यही बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालन हुन लागेको उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेका अनुसार प्रर्दशनीको नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यकासाथ भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी उक्त प्रदर्शनी तथा मेला हुन लागेको उनको भनाइ छ ।

प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहनेछन् । स्वदेशी तथा विदेशी गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करीब १५० स्टलहरु हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनीको दोश्रो दिन बिहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चौथो दिन “नेपालमा दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार हुँदैछ ।

प्रदर्शनीमा नेपाली उद्योगहरुले प्रयोग गरिरहेका उत्पादन प्रक्रिया र प्रविधिको बारेमा जानकारी दिने र लघु, घरेलु तथा साना उद्योगीलाई उपयुक्त हुने नवीनतम प्रविधिको अवसर जुट्ने उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुपकुमार बरालले बताए ।

त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मूल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना हुँदैछ । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले बताए ।

प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्परको समेत व्यवस्था गरिने अध्यक्ष भुषालले बताए ।

प्रदर्शनीमा आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताहरुको माध्यमबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्न सहयोगी हुने र वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88