चितवन / भरतपुर महानगरपालिका–२१ स्थित पार्वतीपुर बजारमा अत्याधुनिक प्रविधियुक्त नयाँ केक उद्योग सञ्चालनमा आएको छ। “लाइभ्स ओकेशन केक सप” नामक उक्त उद्योगले स्थानीय बजारमा नयाँ स्वाद र सेवा थप्ने अपेक्षा गरिएको छ ।
उद्योगका प्रोपाइटर भिमलाल लामाका अनुसार पारिवारिक जमघट, जन्मदिन, विवाह तथा अन्य विभिन्न समारोहका लागि उपयुक्त हुने गरी गुणस्तरीय केक तथा बेकरी सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो ।
- ADVERTISEMENT -

कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याइएको यस उद्योगमा दक्ष तथा अनुभवी कालिगढहरूद्वारा केक तथा अन्य बेकरी परिकार तयार गरिने जनाइएको छ । साथै, निकट भविष्यमा उद्योगको शाखा विस्तार गर्ने योजना समेत रहेको लामाले जानकारी दिए ।
हाल यस उद्योगमा केकसहित विभिन्न बेकरी परिकारहरू उत्पादन भई होलसेल तथा खुद्रा दुवै रूपमा बिक्री वितरण गरिनेछ । उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरिएको उद्योगले जनाएको छ ।
स्थानीय स्तरमै आधुनिक प्रविधि र गुणस्तरीय उत्पादनसहित सञ्चालनमा आएको यस केक उद्योगले रोजगारी सिर्जना गर्नुका साथै बजारमा प्रतिस्पर्धा र सेवा विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।











































