२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

नारायणगढमा कर नतिर्ने विदेशी कम्पनीका बोर्ड हटाउन सुरु

प्रकाशित मिति : २०८१ बैशाख ९ गते

चितवन / भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका बोर्डहरु हटाउन सुरु गरेको छ । महानगरले शनिबारदेखि नारायणगढ बजारबाट बोर्डहरु हटाउन सुरु गरेको हो ।

महानगर प्रहरी र प्रनिस कन्सट्रक्सनका प्रतिनिधिहरुले बोर्ड हटाएका हुन् । सार्वजनिक स्थान र पसलहरुमा राखिएको विज्ञापन बोर्डको कर महानगरले कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कन्सट्रक्सनले पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाइएको प्रनिस कन्सट्रक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए ।

उनका अनुसार कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, डायमण्ड लगायतका कम्पनीको विज्ञापनजन्य बोर्डहरु हटाएको हो ।

कम्पनीहरुले महानगरलाई कर नतिरेसम्म विज्ञापन बोर्ड राख्न नदिने उनले बताए । पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीका बोर्ड हटाउने र दोश्रो चरणमा राष्ट्रिय कम्पनी, वित्तीय संस्था, शैक्षिक संस्था लगायतका संघसस्थाको विज्ञापनजन्य बोर्ड हटाउने कन्सट्रक्सनले जनाएको छ ।

अन्तर्राष्ट्रिय कम्पनीका ब्राण्डहरुले भरतपुरका विभिन्न पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96