२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

विद्यार्थी भिसाका लागि अष्ट्रेलिया कठिन बन्दै

प्रकाशित मिति : २०८१ बैशाख २७ गते

काठमाडौँ / नेपाली विद्यार्थीहरुको रोजाइमा परेको अष्ट्रेलिया पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि अष्ट्रेलियाले आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाइएको हो ।

अष्ट्रेलिया जान चाहाने विद्यार्थीले १० मे देखि भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्ने भएको छ ।

बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाई गरिसकेको छ ।

अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरुलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको हो ।

त्यसो त अस्ट्रेलियामा महँगी उच्च बढेको छ । महँगीले घरभाडा पनि बढेको छ । खानेकुरादेखि पेट्रोलियमसम्मको मूल्य बढेको छ । बढ्दो महँगीका कारण खर्च बढ्दा त्यहाँस्थित विद्यार्थीहरुलाई समस्या भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37