२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

गल्ती लुकाउन प्रयोग गरियो फेक आइडी

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते

देवघाट / फेक आइडीबाट चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै देवघाटबाट सञ्चालित बिहानी मिडिया डटकमले दोषीमाथि कारवाही गर्न माग गरेको छ। देवघाटमा नदीजन्य पदार्थ उत्खननको विषयमा समाचारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा आफ्नो गल्ती छोप्न बिहानी मिडियामाथि प्रहार गरेको आइतबार बिहानी मिडियाका अध्यक्ष आशिक रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष रानाका अनुसार यही जेठ १२ गते केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरूपयोग गरी भ्रम छरेका थिए। बिहानी मिडियाबाट देवघाट–५ को भुवनटारस्थित त्रिशूली नदीमा एकै दिन पाँच वटा एक्साभेटरको प्रयोग गरी अवैध उत्खनन् भइरहेको तस्बिर सार्वजनिक भएको थियो। जबकि नदीजन्य पदार्थ उत्खननको लागि पानीमै पसेर मेसिन प्रयोग गर्न पाइँदैन।

- ADVERTISEMENT -

Advertisement

‘नियमविपरीत काम गर्नेहरूले आफ्नो कमिकमजोरी लुकाउन फेसबुकमा फेक आइडी बनाएर हामीमाथि प्रहार गरेका हुन्,’ उनले भने, ‘देशको कानुन मिचेर अवैध उत्खनन् गर्नेहरूले आफ्ना कमजोरी लुकाउन सामाजिक सञ्जालको दुरूपयोग गरेका हुन्।’

समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा कसैलाई चित्त नबुझे कानुनी प्रकृयामा जानसक्ने ठाउँ रहँदारहँदै फेसबुकमार्फत चरित्र हत्या गर्नु कानुनविपरीत भएको उनको भनाइ छ। ‘त्यसकारण यस्ता कार्यमा संलग्न जोकसैमाथि पनि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग हामीले माग गरेका छौँ,’ अध्यक्ष रानाले भने, ‘किनकि सामाजिक सञ्जालको दुरूपयोग गरी समग्र पत्रकारिता क्षेत्रमाथि प्रहार गर्ने प्रयास भएको छ।’

देवघाट खबर हब नामको फेसबुक आइडीबाट बिहानी मिडियामाथि विभिन्न खालको लान्छना लगाएको थियो। समाजमा यस्ता नकारात्मक सोच भएका व्यक्तिको पछि नलाग्न पनि उनले आग्रह गरे। सामाजिक सञ्जालमार्फत कुनै पोष्ट सेयर गर्दा सत्यतथ्य बुझेरमात्रै गर्न पनि उनले सबैलाई आग्रह गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49