कावासोती / नवलपुरको कावासोती नगरपालिकाबाट एक बालक हराएका छन । नवलपुर जिल्ला कावासोती नगरपालिका वार्ड नं १६ का १३ वर्षीय अर्पण परियार गत आईतबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नवपुरले जनाएको छ ।
प्रहरीका अनुसार अर्पण जेठ २० गते दिउँसो आफ्नै घरबाट फुटवल खेल्न भनि निस्किएकोमा हालसम्म पनि घर तथा कोहिसँग सम्पर्कमा छैन ।
- ADVERTISEMENT -

बालकलाई खोजतलास गर्न सबैमा परिवारले अपिल गरेको छ । बालक फेला पार्नेहुनेले मोबाइल नम्बर ९८५७०९०३४४ र ९८००७६६६४३ मा सम्पर्क गर्न समेत अनुरोध छ ।







































