भरतपुर । भरतपुर २, क्षेत्रपुरमा शेयर सदस्यहरुलाई संस्थागत जानकारी दिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम गरिएको छ । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई संस्थागत जानकारी दिने उद्देश्यले सोमबार शेयर सदस्य कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संस्थाका सचिव जयराम पाण्डेले शेयर सदस्यहरुलाई संस्थाको गतिविधि, संस्थाको वार्षिक कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रमको प्रशिक्षक समेत रहेका सचिव पाण्डेले सदस्यहरुलाई सहकारी, बचत, ऋणलगायतको विषयमा प्रशिक्षण दिएका हुन् ।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतमको अध्यक्षता सम्पन्न भएको थियो । शेयर सदस्यहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढेको उनको भनाइ थियो ।
पछिल्लो समय केही सहकारीहरु सदस्यमुखी नभई व्यक्तिमुखी भएकै कारण बन्द हुन पुगेका छन् । जसकारण जनमानसमा सहकारीको विश्वास गुम्दै आएको पाइएको छ ।
२०६५ सालमा स्थापना भएको सिद्धि विनायक साकोस विशेषतः फलफूल तथा तरकारी व्यवसायीहरु आवद्ध संस्था हो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्य शम्भु अधिकारीलगायत ४० बढीको सहभागिता रहेको थियो ।
संस्थाले हरेक महिना शेयर सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम गर्दै आएको छ ।