२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

सिद्धि विनायकले मनाए १७औं स्थापना दिवस

९० बालिकालाई भोजन तथा फलफूल वितरण
प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते

– विना तामाङ

चितवन । भरतपुर २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले १७औं स्थापना दिवस मनाएको छ । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले मंगलबार सरसफाइ तथा बालिकाहरुलाई भोजन तथा फलफूल वितरण गरी मनाएको संस्थाका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतमले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिका वार्ड नं. २ का वडाअध्यक्ष मनोज रानाभाट कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । अध्यक्ष रानाभाटले वातावरण सरसफाइमा हरेक व्यक्तिले हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए । संस्थाको यो गतिविधिले समाज रुपान्तरणमा जोड पुग्ने उनको भनाइ थियो ।

महानगर फलफूल तथा तरकारी बजारदेखि रामेश्वर टोलसम्म सरसफाइ गरिएको थियो भने फुटपाथ व्यवसायीहरुलाई व्यापार गरी सकेपछि सरसफाइमा ध्यान आग्रह गरिएको थियो ।

रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डे, निवर्तमान अध्यक्ष श्री राजेन्द्र वाग्ले, सिद्धि विनायक साकोसका संचालक समितिका सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, इन्दिरा पन्त लामिछाने, व्यवस्थापक विकास पौडेल, लेखा समिति, विभिन्न उपसमिति एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष मुकुन्दप्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको हो ।

९० बालिकालाई भोजन तथा फलफूल
यस्तैगरी सिद्धि विनायक साकोसले सोही दिन स्थापनाकै दिवस पारेर देवघाटका बालिकाहरुलाई बिहानको भोजन तथा फलफूल वितरण गरिएको थियो ।

भरतपुर १, देवघाटस्थित गार्गी गुरुकुल प्रतिष्ठानद्वारा संचालित श्री राम जानकी कन्या गुरुकुल आश्रित ९० जना बालिकाहरुलाई उक्त भोजन तथा फलफूल वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति कोइरालाले गुरुकुलमलाई सहयोगको अत्यन्तै खाँचो भएकोले सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष जयराम पाण्डेले बालिकाहरुलाई तरकारी तथा फलफूलको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुरुकुलममा यसअघि पनि महानगर फलफूल तथा तरकारी बजारबाट व्यक्तिगत सहयोग प्राप्त हुँदै बताइएको थियो भने सिद्धि विनायक साकोसका अध्यक्ष गौतमले निरन्तर सहयोग गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96